Author: खबरमञ्च
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताएका छन्। काँग्रेस नेता कोइरालाले अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना पनि नरहेको जिकिर गरे । शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै लोकतन्त्रवादीहरुले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएको पनि बताए । नेता कोइरालाले विपी र शैलजा आचार्यलाई स्मरण गरेर अघि बढ्नसके मुलुकमा राजनीतिक स्थायित्व, भ्रष्टचारको अन्त्य र सुशासनको पक्षमा काँग्रेसले काम गर्न सक्ने दाबीसमेत गरे । उनले केन्द्रमा मात्रै ३ पटक सरकार परिवर्तन भएको र अझै कति हुने हो भन्ने कुरा टुंगो नभएकाले…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको बताएका छन्। सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भए पनि ध्यान नपुगेको स्वीकार गरे । शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको उनले बताए। उनले भने, ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई…
झापा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा रोहित बुढाथोकी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका उम्मेदवार रोहित बुढाथोकी १९९१ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनले प्रगतिशील समाजवादी प्यानलका सन्तोष आचार्यलाई १८३ मतले हराएका हुन् । आचार्यले १८०८मत पाएका छन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा प्रगतिशील समाजवादी प्यानलका गोबिन्द गिरी २२६६ मतसहित निर्वाचित हुँदा उनका प्रत्यासी लोकतान्त्रिक साझा प्यानलका राजु दाहालले १२१९ मत पाएका छन् । जुन १०४३ मतान्तर हो । सोही पदका अर्का उम्मेदवार कृष्ण सुवेदीले ६३० मत ल्याएका…
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान…
काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरुमा सन्दीप समावेश हुने जानकारी गराएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन्। यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो। तर अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डलासमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए। साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल गुमाउँदैछन्। क्यानका पदाधिकारीका अनुसार सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्।…
झापा- गएराति झापाको दमक नगरपालिका वडा नं.३ को मावा पुलस्थित दमक– मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। राति १०.५० बजेको समयमा दमक ३को मावा पुलस्थित दमक– मिक्लाजुङ कच्ची सडकखण्डमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नं. को मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो। मोटरसाइकल दुर्घटना हुँदा चालक मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.१ स्थायी ठेगाना भइ दमक नगरपालिका वडा नं.५ मा डेरा गरी बस्ने २२ वर्षीय सगुन राई गम्भीर घाइते भएका थिए। टाउको, अनुहार र घुँडामा चोट लागेर उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएकोमा राति ११.३५ बजे डाक्टरले मृत घोषणा गरेका थिए। मृतकको…
बिराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगरमा आएको बेला महेन्द्र मोरङ क्याम्पस विराटनगर अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजानी गरेका छन् । आइतबार विहान साढे १० बजे कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा विद्यार्थीहरुले आगजनी गरेका हुन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चढेको गाडीमा आगजनी भएको मोरङ प्रहरीले जनाएको छ । विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए । कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १-००१ ञ २७०१, प्रदेश १-००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका…
काठमाडौँ । संघीय संसद सचिवालयले विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराएका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ । आइतवार बिहान ११ बजेगरी बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरेर जेठ २९ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजित रकमको सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको थियो । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सम्बन्धित मन्त्रालयले विनियोजित रकम उल्लेखित पुस्तक मन्त्रालयहरुले सचिवालयमा उपलब्ध गराउन नसकेका कारण बैठक स्थगित गर्नुपरेको बताए । उनले केही मन्त्रालयहरुले ढिलोगरी पुस्तक उपलब्ध गराएका र केही मन्त्रालयहरुको पुस्तक पाउनै बाँकी रहेको बताए…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन्। आइतवार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे । उनले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए । उनले नेकपा (माओवादी केन्द्र) को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने बताए । नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउनसक्ने उनको भनाइ थियो । पार्टीको १० औं महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्। आइतवार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले मार्क्सवाद, लेनिनवाद भन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गरेका हुन् । उनले समाजवादका कुरा गर्नेहरुले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतिहरुलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए । सम्मानित नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दाबी गरे । १४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त…