बिराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगरमा आएको बेला महेन्द्र मोरङ क्याम्पस विराटनगर अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजानी गरेका छन् ।
आइतबार विहान साढे १० बजे कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा विद्यार्थीहरुले आगजनी गरेका हुन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चढेको गाडीमा आगजनी भएको मोरङ प्रहरीले जनाएको छ ।
विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए ।
कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १-००१ ञ २७०१, प्रदेश १-००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए । तोडफोडबाट गाडी फुटेको शिशा फुटेको छ ।
मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको विरोधमा विद्यार्थीहरु आन्दोलित छन् ।
उनी पक्राउ परेका विद्यार्थीको रिहाइको माग राख्दै शुक्रबारदेखि आन्दोलित भएका हुन् ।
डा. राजेन्द्र अधिकारीसंगको कुराकानीः