काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताएका छन्।
काँग्रेस नेता कोइरालाले अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना पनि नरहेको जिकिर गरे । शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै लोकतन्त्रवादीहरुले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएको पनि बताए ।
नेता कोइरालाले विपी र शैलजा आचार्यलाई स्मरण गरेर अघि बढ्नसके मुलुकमा राजनीतिक स्थायित्व, भ्रष्टचारको अन्त्य र सुशासनको पक्षमा काँग्रेसले काम गर्न सक्ने दाबीसमेत गरे ।
उनले केन्द्रमा मात्रै ३ पटक सरकार परिवर्तन भएको र अझै कति हुने हो भन्ने कुरा टुंगो नभएकाले यसको स्थायित्वको लागि सबै लोकतन्त्रवादीहरुले सोच्नुपर्ने तर्क गरे ।
Facebook Comments Box
