Author: खबरमञ्च

झापा- जंगली हात्तीको आक्रमणबाट घाइते भएकी दमककी ४७ वर्षीया सुनिता राईको उपचारका क्रममा मृत्यु भएको छ। गत साउन ११ गते बिहान दमक-१, बरगाछीनजिक ‘मर्निङ वाक’ मा जाँदै गर्दा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो। गम्भीर घाइते भएकी राईको आज बिहान २:१३ बजे विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको टाउको, दाहिने आँखीभौँ, दुवै खुट्टा, देब्रे हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। सो घटनामा उनकी बहिनी ४२ वर्षीया कविता राई पनि घाइते भएकी थिइन्, तर उनी साउन २५ गते अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ घर भएकी राई हाल दमक-१ मा होटल व्यवसाय सञ्चालन गर्दै…

Read More

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ नागरिक सहायता कक्षको बिर्तामोडमा आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। बिर्तामोडकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले शिला अनावरण गरेर र रिबन काटेर उक्त सहायता कक्षको उद्घाटन गरेकी हुन्। उद्घाटन कार्यक्रममा नगरप्रमुख प्रसाईले जनताको सेवा गर्ने उद्देश्यका साथ सहायता कक्ष निर्माण गर्न स्थानीय सरकारले सहयोग गरेको बताए। उनले विधिको शासनमा ध्यान दिनुपर्ने र जनताको हितका लागि स्थानीय सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरिन्। यस अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक गणेश पौडेलले बिर्तामोड नगरपालिकाबाट प्राप्त रु. ७ लाख ६० हजारको बजेटमा सहायता कक्ष निर्माण गरिएको जानकारी दिइन्। माईपोखरी निर्माण सेवाले…

Read More

झापा- झापाको बिर्तामोडका प्रख्यात शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका उनको आज बिहान ७:४० बजे आफ्नै निवासमा निधन भएको हो। न्यौपाने कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य थिए। उनले दुर्गा माध्यमिक विद्यालयमा प्रधानाध्यापकको भूमिका पनि निभाएका थिए। त्यसैगरी, उनी विराट ज्योति अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपलसमेत रहेका थिए। शैक्षिक क्षेत्रमा उनको योगदान अतुलनीय मानिन्छ। उनले जिल्लाका विभिन्न विद्यालयहरूमा गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्न अक्षय कोष स्थापना गरेका थिए। उनको निधनले झापाको शैक्षिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। केही समयअघिदेखि अस्वस्थ रहेका न्यौपानेलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो, तर हिजो…

Read More

काठमाडौँ- झापाको दमकमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा विशेष अदालतले नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरीलगायत ८ जना सरकारी कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएका सबैलाई कैद र जरिवानाको फैसला सुनाउनुका साथै अनियमितता भएका सम्पूर्ण जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बुधबार यो फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुनमा दमक नगरपालिकास्थित साविक दमक ६ (ग) का विभिन्न कित्ताका सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको…

Read More

झापा- झापा र इलामलाई जोड्ने महत्वपूर्ण बिरिङ खोलाको पक्की पुल आज दिउँसो आएको बाढीले बगाएको छ। बुधबार दिउँसो करिब १२:३० बजेतिर पुलको २०-२५ मिटरको क्षतिग्रस्त भाग बाढीले पूर्णरूपमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। स्मरण रहोस्, यो पुल दुई वर्षअघि २०८० साउन २९ गते नै वर्षाका कारण भासिएको थियो। पुलको अवस्था जोखिमपूर्ण भएपछि गत जेठ १३ गतेदेखि स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी शनिश्चरेको पहलमा यस पुलबाट सवारी साधन आवागमन पूर्णरूपमा बन्द गरिएको थियो। हाल सवारी साधनहरू शनिश्चरेबाट मिलडाँडा जाने वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्। पुल भत्किएसँगै यस क्षेत्रका मानिसहरूलाई आवतजावतमा थप असुविधा भएको छ।

Read More

फिक्कल (इलाम)- पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १२ः०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए। राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए। घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए।

Read More

बनियानी (झापा)- जिल्लामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिइन् । आर्थिक वर्ष २०८१ / ८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएका मध्ये ६८ दशमलव सात प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएको उनले बताइन् । आव २०८०/८१ मा जिल्लामा ७० दशमलव पाँच प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएको कार्यालयको तथ्याङ्क छ । चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन । तर, पछिल्लो समय शल्यक्रियाबाट शिशु जन्माउने सङ्ख्या बढेको बढ्यै छ । प्रश्रव पीडा सहन नसक्नु/नचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारण…

Read More

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अनुशासन उल्लङ्घन हुनेगरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले आज सो निर्देशन दिएको हो । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए। उनले भने, “पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु ।”

Read More

झापा- झापाको दमक–३ बेलडाँगीमा गएराति पार्किङ गरिएको एक मिनी ट्रकमा आगलागी हुँदा ठूलो मात्रामा क्षति भएको छ। ना.७ ख ८६९१ नम्बरको उक्त ट्रकमा लोड गरिएको करिब ३० लाख रुपैयाँ बराबरको रेडिमेड कपडा जलेर नष्ट भएको हो। स्थानीय महेन्द्र तामाङले आफ्नै घरअगाडि पार्किङ गरेका उक्त ट्रकमा राति करिब पौने १ बजे आगो लागेको थियो। ट्रकमा ८ जना व्यापारीको सामान रहेको बताइएको छ। प्रहरीका अनुसार ट्रक आंशिक रूपमा जलेको छ र करिब ६ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ। आगो नियन्त्रणमा लिन करिब १ घण्टा लागेको थियो। आगलागीको कारण खुल्न बाँकी रहेको र ट्रक तथा कपडाका वास्तविक मालिकको खोजी भइरहेको प्रहरीले…

Read More

झापा- केही दिनयता झापामा लगातार क्षति पुर्‍याइरहेका जंगली हात्तीको एक समूहले हल्दिबारी गाउँपालिकामा पाँचवटा घर भत्काएको छ। हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। गए राति करिब १२:३० बजे हल्दिबारी गाउँपालिका वडा नम्बर ३, बाघडाँडामा तीनवटा जंगली हात्ती पसेका थिए। हात्तीले निमाई बानियाँको टिनको छाना भएको घर र एउटा भान्साघर भत्काएको प्रहरीले जनाएको छ। सोही स्थानका हिरालाल मिश्रीको पनि खरको छाना भएको भान्साघर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। त्यस्तै, बिहान करिब ३ बजे सोही समूहका हात्तीहरू वडा नम्बर २ को भेलागुडी सिमसारमा प्रवेश गरे। त्यहाँ खेम गौतमको टिनको छाना भएको घर र ४८ वर्षीय नरेश खड्काको एकतले पक्की…

Read More