झापा- झापा र इलामलाई जोड्ने महत्वपूर्ण बिरिङ खोलाको पक्की पुल आज दिउँसो आएको बाढीले बगाएको छ।
बुधबार दिउँसो करिब १२:३० बजेतिर पुलको २०-२५ मिटरको क्षतिग्रस्त भाग बाढीले पूर्णरूपमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
स्मरण रहोस्, यो पुल दुई वर्षअघि २०८० साउन २९ गते नै वर्षाका कारण भासिएको थियो। पुलको अवस्था जोखिमपूर्ण भएपछि गत जेठ १३ गतेदेखि स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी शनिश्चरेको पहलमा यस पुलबाट सवारी साधन आवागमन पूर्णरूपमा बन्द गरिएको थियो।
हाल सवारी साधनहरू शनिश्चरेबाट मिलडाँडा जाने वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्। पुल भत्किएसँगै यस क्षेत्रका मानिसहरूलाई आवतजावतमा थप असुविधा भएको छ।
Facebook Comments Box
