झापा- जंगली हात्तीको आक्रमणबाट घाइते भएकी दमककी ४७ वर्षीया सुनिता राईको उपचारका क्रममा मृत्यु भएको छ।
गत साउन ११ गते बिहान दमक-१, बरगाछीनजिक ‘मर्निङ वाक’ मा जाँदै गर्दा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।
गम्भीर घाइते भएकी राईको आज बिहान २:१३ बजे विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनको टाउको, दाहिने आँखीभौँ, दुवै खुट्टा, देब्रे हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।
सो घटनामा उनकी बहिनी ४२ वर्षीया कविता राई पनि घाइते भएकी थिइन्, तर उनी साउन २५ गते अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ घर भएकी राई हाल दमक-१ मा होटल व्यवसाय सञ्चालन गर्दै आएकी थिइन्।
Facebook Comments Box
