Author: खबरमञ्च
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खाेज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने “गठ्ठाघरकाे दुर्घटनामा के भएको हाे ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।” बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम…
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कोइरालाले अघिल्लो महाधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताए । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ताहरूसँग भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावक डा तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छन् ।
सिन्धुली । सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सिन्धुली तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो। बोलेरो दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्। बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ ।
झापा । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत अनारमनी वितरण केन्द्रको परिसरभित्र विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको छ। करिव १७ लाखको लागतमा निर्माण भएको सो मन्दिरको गत वर्ष मंसिर ११ गते शिलान्यास गरिएको थियो। बुधबार एक विशेष धार्मिक कार्यक्रमका बीच विद्युत प्राधिकरणका प्रादेशिक प्रमुख उमेशकुमार साहले मन्दिर उद्घाटन गरे। तीन दिनदेखि प्राण प्रतिष्ठा गरी बुधबार मन्दिरमा मूर्ति स्थापना गरिएको हो। अनारमनी वितरण केन्द्र प्रमुख संजीवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले मन्दिरलाई सफल रुपमा व्यवस्थापन गरी सवैको आस्थाको केन्द्रको रुपमा विकसित गर्न आग्रह गरे । जनप्रतिनिधि, वितरण केन्द्रका प्रमुखहरु, कर्मचारी र सेवाग्राहीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन लेखा अधिकृत विकास दाहालले गरेका…
काठमाडौँ । सातै प्रदेशमा क्यान्सरको उपचार हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको हो। यसका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन्। मन्त्री पौडेलले थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरी कार्यविधि स्वीकृत गरेको बताएका छन्। भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा प्रदान गर्न सकिने पौडेलले बताए।
काठमाडौँ । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ । सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
काठमाडौँ । केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । सर्वोच्चको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो । ओलीलाई संविधानको गलत धारा प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको भन्दै २०८१ साउन १४ गते तीन वटा रिट संवैधानिक इजलासमा दर्ता भएका थिए । रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको ६ सदस्यीय इजलास गठन भएको थियो, जसमा न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार गरेको नियुक्ति गैरसंवैधानिक रहेको रिट निवेदकको दाबी थियो । निवेदकले उपधारा २ बमोजिम नियुक्त…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया भएको बताएका हुन् । नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रूपमा रहेको भन्दै यसको अनुभव पनि मौलिक रहेको बताए । उनले हाम्रै माटो, गृह जलवायु, संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नक्कल नरहेको बताए । राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढंगले स्थापित गरेको बताए । सेना समायोजन र हतियार…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतीले संक्रमणकालिन न्यायको जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सिद्ध भएको बताए। उनले प्रस्तुत विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताए। उनले सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने, द्वन्दको पुनरावृत्ति नहुने अवस्थालाई…