काठमाडौँ । सातै प्रदेशमा क्यान्सरको उपचार हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको हो।
यसका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन्।
मन्त्री पौडेलले थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरी कार्यविधि स्वीकृत गरेको बताएका छन्।
भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा प्रदान गर्न सकिने पौडेलले बताए।
Facebook Comments Box
