Author: खबरमञ्च
काठमाडौँ । मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकको शव शनिवार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको हो । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको छ । शुक्रवार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना मृतकको शव भने पोस्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाइएको थियो । शनिवार भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट…
काठमाडौँ । महानायक राजेश हमालले युवाहरुमा इच्छाशक्ति र आत्मविश्वास भए कुनैपनि काम गर्न असम्भव नरहेको बताएका छन्। शनिवार काठमाडौंमा काठमाडौं युथ कनक्लेभ—२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सधैँ अरुले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पारे । उनले साँच्चीकै अघि बढ्ने हो भने जोखिम मोलेर आफैँ बाटो खन्न सक्नुपर्ने बताए। उनले आफ्नो भित्री प्यासन र इच्छाशक्तिलाई बुझेर काम गर्न युवाहरुलाई सुझाव दिए । उनले युवाहरुले जोखिम लिएर काम गर्नसके चाहेको कुरा पूरा गर्नसक्ने बताए । उनले भने, ‘तपाईंमा तिब्र इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन…
विर्तामोड । अहिले युवा पुस्तामा १२ कक्षा सक्ने वित्तिकै विदेश जाने लहर छ । तर, झापा गाउँपालिका–६, झाँटी घर भएका एक जना युवाले भने विदेश छाडेर आफ्नै ठाउँमा व्यवसाय गर्ने जमर्को गरेका छन् । २३ वर्षीय मञ्जील पोखरेल वैदेशिक रोजगारीका लागि दूबई गए । साथीहरुसँग मिलेर त्यहीँ आईटी कम्पनी खोले र त्यहीँबाट अमेरिका जाने प्रक्रिया समेत सुरु गरे । ‘साथीहरु मिलेर कम्पनी चलाइरहेका थियौं, पछिल्लो समय दूबईबाटै अमेरिका लागि एप्लाई गरिरहेका थियौं’, उनी सम्झन्छन्, ‘विजनेश गरिरहेकाले कम्पनीको ट्रान्जेक्सन अनुसार अमेरिका जानलाई गाह्रो पनि रहेनछ, केही साथीहरु त्यसैगरी गइसकेका थिए ।’ सबैको उद्देश्य विजनेस भिसामा अमेरिका छिर्ने र त्यतै बस्ने थियो…
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन्। शनिवार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताएका हुन् । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालीन सरकार ढालेर बर्तमान सरकार बनाइएको बताए । उनले यो सरकार दलाल, पुँजीपतिहरु, बिचौलियाहरु, कमिसनखोरहरु, जाली, फटाहाहरुको प्रतिनिधिको रुपमा रहेको बताए। उनले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरुमा पैदा भएको डरका कारण यो सरकार बनेको बताए। उनले भ्रष्टाचारीहरुको रक्षाको निम्ति यो सरकार बनेको जिकिर गरे । अध्यक्ष दाहालले सरकारसँग भएको दुई…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन्। शनिवार काठमाडौँमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताए । वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए। आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाहरुका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिए ।
भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् । आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उनले भनिन्, “हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।” विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, “गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु…
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले रवि लामिछानेसंग मध्यराति १ बजेसम्म बयान लिएको छ । शुक्रबार दिउँसो ३ बजेबाट सुरु भएको बयान राति १ बजेसम्म चलेको हो । समिति सभापति सूर्यबहादुर थापाले राति १ बजेर ५ मिनेट जाँदा सोधपुछ प्रतिवेदनमा हस्ताक्षर भएको जानकारी दिए । समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग लामो समय बयान लिएको हो । समिति बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति थापाले जानकारी दिए।…
चितवन । तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनी अस्पतालमा ज्यान गुमाएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो । घाइतेहरूको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीमा भएको आर्थिक अनियमितताको जिम्मा जीबी (गीतेन्द्रबाबु) राईले लिनुपर्ने बताएका छन् । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रवार लिएको बयानमा लामिछानेले यस्तो बताएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । लामिछानेले आर्थिकसम्बन्धी सबै जिम्मा गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईले लिने गरेको बताउँदै ‘सहकारी ठगीबारेको सबै कुरा जीबी राईलाई नै थाहा होला’ भनेका थिए । गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले बयान लिएको हो । गोरखा मिडियाकै पूर्वसञ्चालक छविलाल जोशी बञ्जाडेसँग समितिले शुक्रवार झण्डै पाँच घण्टा लामो बयान लिएको थियो ।
काठमाडौँ । तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यसैगरी घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको हो। दुर्घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको…