काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन्।
शनिवार काठमाडौँमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताए ।
वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए। आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाहरुका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिए ।
Facebook Comments Box
