काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीमा भएको आर्थिक अनियमितताको जिम्मा जीबी (गीतेन्द्रबाबु) राईले लिनुपर्ने बताएका छन् ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रवार लिएको बयानमा लामिछानेले यस्तो बताएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
लामिछानेले आर्थिकसम्बन्धी सबै जिम्मा गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईले लिने गरेको बताउँदै ‘सहकारी ठगीबारेको सबै कुरा जीबी राईलाई नै थाहा होला’ भनेका थिए ।
गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले बयान लिएको हो ।
गोरखा मिडियाकै पूर्वसञ्चालक छविलाल जोशी बञ्जाडेसँग समितिले शुक्रवार झण्डै पाँच घण्टा लामो बयान लिएको थियो ।
Facebook Comments Box
