Author: खबरमञ्च

झापा । झापाको कन्काईबाट काठ तस्करीमा संलग्न पाँच जनालाई प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले पक्राउ गरेको छ। कन्काईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। गोप्य सूचनाका आधारमा वन समितिका पूर्व उपाध्यक्ष दिलकुमार राई, सन्तोष किस्कू, सन्तोष राई, लक्ष्मण लुंगेली, निर्मल सार्की पक्राउ परेको डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकले जानकारी दिए। घटनाका बिषयमा अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा पूर्व उपाध्यक्ष राई र स्थानीय सार्कीको चाहिँ चोरीमा संलग्नता पुष्टि नभएको उनले बताए। अहिले उनीहरु डिभिजन वन कार्यालय झापाको हिरासत कक्षमा छन्। उनीहरुलाई…

Read More

बेलबारी (मोरङ)- मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा–११ ले रु आठ लाख नगदसहित ट्रफी जितेको छ । यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले रु चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ । झापा–११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ तथा सलहेशका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए । सलहेशका समीर तामाङको प्रहार झापाका गोलरक्षक…

Read More

झापा । इ-रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ देवीवस्तीका शम्भु सहनी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा सहनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल पठाइएको थियो। त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

झापा । लापरबाही गरी दुर्घटना गराउन थालेपछि ट्राफिक प्रहरीले झापामा रातो बसहरुलाई लक्षित गरी एक्सन अघि बढाएको छ। ओभरस्पिड, ध्वनि प्रदूषण र प्रतिस्पर्धा गर्ने बसहरूमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही थालेको हो। तीन दिनमा ७३ वटा बसहरुलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए। उनले बुधवार २७, बिहीवार १३ र शुक्रवार ३३ वटा बसहरुलाई कारबाही गरिएको जानकारी दिए। उनले पहिलो पटक गल्ती गर्नेलाई ५००, दोस्रो पटक गर्नेलाई १०००, तेस्रो पटक गर्नेलाई १५०० रुपैयाँका दरले बढाएर जरिवाना लिने गरेको बताए। केर्खामा दुईजनाको मृत्यु भएको दिन पनि २७ वटा बसलाई कारबाही गरिएको बताउँदै प्रहरी…

Read More

झापा । झापाको अर्जुनधारा-६ कप्तानबारीकी मिना दनुवारको सुतेकै ठाउँमा मृत्यु भएको छ।  सोही स्थानका घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गर्ने ५५ बर्षकी दनुवारको गएराति सुतेकै ठाउँमा मृत्यु भएको हो। बिहान अबेरसम्म चुकुल नखोलेपछि घरधनी बास्तोलाले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले ढोका फुटाएर हेर्दा दनुवारलाई मृत अवस्थामा फेला पारेको थियो।

Read More

झापा । झापाको बिर्तामोडमा पैनीमा डुवेर एक बृद्धाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-६ बुट्टावारीमा अन्दाजी ७८ बर्षकी ईन्द्रमाया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो । पानीमा डुबी रहेको अवस्थामा उनकी नातिनी मनिषा राईले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले स्थानीय अस्पतालमा उपचारका लागि लगेको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

Read More

झापा । पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ। कात्तिक ७ गते जंगलमा रहेको अरिंगाल झार्ने क्रममा अरिंगालले टोक्दा उनी घाइते भएका थिए । स्थानीय मेडिकलमा उपचार गरेर घरमै बसिरहेको अवस्थामा हिजो अवस्था गम्भीर बनेपछि उपचारका लागि पाँचथर जिल्ला अस्पाताल लैजाने तयारी भइरहेको बेला साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

Read More

झापा । झापाको कमल गाउँपालिका– ५ रबि पेट्रोल पम्पअगाडि बसले घिसारेर मोटरसाइकल चालकलाई मारेको चार दिनपछि बुधवार कमलकै केर्खामा त्यस किसिमको घटना दोहोरिएको छ। इलेक्ट्रिक साइकलमा जाँदै गरेका हजुरबुवा र नातिनीलाई रात्रिबसले पनि त्यसरी मारेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। जसका कारण बुधवार रातभर केर्खा तनावग्रस्त बन्यो भने एक दर्जन घाइते भए। त्यस्तै तोडफोड र आगजनीबाट धेरै भौतिक क्षतिसमेत भएको छ। यसरी हेर्दा पूर्वपश्चिम राजमार्गमा चल्ने बसहरुको लापर्वाही बढिरहेको ठम्याउन सकिन्छ। बसहरुको लापरबाही बढेको धेरै गुनासा आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही अघि बढाएको छ। ट्राफिक प्रहरीले २७ वटा बसलाई कारबाही गरेकै दिन केर्खामा सो अप्रिय घटना भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक…

Read More

झापा । विपदमा परेका झापाका चार मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत वितरण गरिएको छ। असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण गरेको हो। त्यसक्रममा झापाका चार परिवारले पाएका हुन्। राहत पाउनेहरुमा कमल गाउँपालिका– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी, कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशी, झापा गाउँपालिका–४ बस्ने मन्जुहक मिया र गौरीगञ्ज –८ बस्ने लीलाबहादुर गिरीको परिवार रहेका छन्। चौधरी र राजवंशीको डुबेर मृत्यु भएको थियो भने मिया र गिरीको चट्याङ लागेर ज्यान गएको थियो। मृतक परिवारका सदस्यहरुलाई जिल्ला…

Read More

काठमाडौं । नेपाली महिला टोली समूह विजेता हुँदै काठमाडौंमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरिन्। सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरे । यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोलअन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी समूह बी बाट श्रीलंका र माल्दिभ्स बाहिरिएका छन् । अब नेपालले सेमिफाइनलमा समूह…

Read More