झापा । इ-रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ देवीवस्तीका शम्भु सहनी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा सहनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घाइते उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल पठाइएको थियो। त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
