झापा । झापाको अर्जुनधारा-६ कप्तानबारीकी मिना दनुवारको सुतेकै ठाउँमा मृत्यु भएको छ।
सोही स्थानका घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गर्ने ५५ बर्षकी दनुवारको गएराति सुतेकै ठाउँमा मृत्यु भएको हो।
बिहान अबेरसम्म चुकुल नखोलेपछि घरधनी बास्तोलाले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले ढोका फुटाएर हेर्दा दनुवारलाई मृत अवस्थामा फेला पारेको थियो।
Facebook Comments Box
