झापा । झापाको बिर्तामोडमा पैनीमा डुवेर एक बृद्धाको मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका-६ बुट्टावारीमा अन्दाजी ७८ बर्षकी ईन्द्रमाया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो ।
पानीमा डुबी रहेको अवस्थामा उनकी नातिनी मनिषा राईले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले स्थानीय अस्पतालमा उपचारका लागि लगेको थियो।
अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
Facebook Comments Box
