Author: admin

काठमाडौं । नेकपा (एमाले)ले नेत्रविक्रम चन्द लगायतका नेताहरूको नाममा जारी पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै चन्द समहूलाई पुनः हिंसामा जान दिन नहुनेमा जोड दिएका हुन्। पक्राउ पुर्जी यसअघि सरकार र चन्द समूहबीच भएको तीनबुँदे सहमति विपरीत भएको भट्टराईको भनाइ छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेर चन्द समूह शान्ति प्रक्रियामा आएको थियो। उक्त सहमति पालना हुनुपर्नेमा भट्टराईले जोड दिएका हुन्। ललितपुर जिल्ला अदालतले साउन १६ गते कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना मुद्दा, राज्य विरुद्धको अपराधमा नेत्रविक्रम चन्द,…

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।   बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा प्रधानमन्त्री देउवाले सरकारका विभिन्न काम कारबाहीका विषयमा निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । तर मिति भने घोषणा भइसकेको छैन । आगामी मंसिर ३ गते मतदानको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बुझिएको छ ।

Read More

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिएका छन् । मुख्यमन्त्रीका सचिवालयका १६ जनाको सोमबार पीसीआर परीक्षण गरिँदा मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा कोरोना संक्रमण देखिएको हो । पोखरेलका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् । मुख्यमन्त्री राईलाई कोरोना संक्रमण भएपछि भेटघाटलगायतका काम स्थगित गरिएको पोखरेलले जनाएका छन् ।

Read More

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लीले बुबालाई टाउकोमा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गइ घाइतेलाई उपचारको लागि छथर अस्पताल पठाएकोमा उपचारको क्रममा घाइतेको मृत्यु भएको हो । घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। 

Read More

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको साढे पाँच महिना बितिसकेको छ । तर संसद्ले अझै त्यसलाई छलफलका कार्यसूचीमा राखेको छैन् । यसबाट संसद्ले न्यायपालिकामाथि चरम बेवास्ता गरेको स्पष्ट हुन्छ । न्यायपालिकाका प्रमुखमाथि महाभियोग प्रस्ताव दर्ता गरेयता प्रतिनिधि सभाको बैठक निरन्तर चल्दै आएको छ । तर, संसद्मा रहेका राजनीतिक दलहरुले महाभियोग प्रक्रिया अघि बढाउन चासो नदिँदा व्यक्तिमाथि रिस साँध्न मात्र उक्त प्रस्ताव दर्ता गरिएको विश्लेषण गर्न थालिएको छ । कुनै व्यक्तिलाई अभियोग लगाइसकेपछि कि पारित गर्नुपर्ने कि सफाइ दिनुपर्ने संवैधानिक दायित्व भए पनि त्यसलाई बिर्सेर संसदले हेलचेक्र्याइँ गरेको विश्लेषण भइरहेका बेला कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएनले…

Read More

काठमाडौं । आज नाग पञ्चमी पर्व, नाग देवताको पूजा आराधना गरी मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा आरधना गरी घरका मूलढोकामा नागकाे तस्विर टाँसेर नाग पञ्चमी मनाउने गरिन्छ । दूध, दुबो, जल चढाएर धूपधुवाँर गरी नागको पूजा गरिन्छ । नाग पञ्चमीको दिन अनन्त, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको विशेष पूजा गरिन्छ । नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने परम्परा छ । नाग पञ्चमीका दिन नागको तस्विरलाई घरको मूल ढोकामा टाँसी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । अष्टनागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवले दुःख नदिने धार्मिक…

Read More

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत्त भेटिएका थिए। एसपी मैनालीका अनुसार पाण्डेले श्रीमती र छोराछोरीको धारिलो हतियार प्रयोग गरि हत्या गरेको र अन्तिममा आफू झुन्डिएको अहिलेसम्म अनुसन्धानले देखाएको छ । किन पाण्डेले परिवारका सबै सदस्यको हत्या गरेर आफूले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए। पाण्डे झुन्डिएको अवस्थामा फेला…

Read More

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहित धेरै नेताका विरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको छ । विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई, सन्ताष बुढामगर, नवीन विश्वकर्मा, उदयबहादुर लगायत अन्यविरुद्ध विभिन्न कसुरमा जिल्ला अदालत ललितपुरले पक्राउ पूर्जी जारी गरेको हो। अदालतका अनुसार ३५ दिनभित्र अदालतमा उपस्थित हुनु पर्नेछ। उपस्थित नभइ बसेमा मुलुकी फौजजारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पूर्जीमा उल्लेख गरिएको छ।

Read More

काठमाडौं । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो । विगतका दुई हप्तामा भन्दा तेश्रो सोमबार सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको भीड लागेको थियो । बोल बम यात्रीको पशुपति क्षेत्रमा भीड लागेपछि लाईन गुह्येश्वरी मन्दिरसम्म पुगेको थियो । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुट्याइएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास…

Read More

काठमाडौँ । मनसुनका कारण देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको हो। भोलि मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। पर्सि (बुधबार) देशका धेरै…

Read More