काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री देउवाले सरकारका विभिन्न काम कारबाहीका विषयमा निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । तर मिति भने घोषणा भइसकेको छैन ।
आगामी मंसिर ३ गते मतदानको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बुझिएको छ ।
Facebook Comments Box