काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहित धेरै नेताका विरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको छ ।
विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई, सन्ताष बुढामगर, नवीन विश्वकर्मा, उदयबहादुर लगायत अन्यविरुद्ध विभिन्न कसुरमा जिल्ला अदालत ललितपुरले पक्राउ पूर्जी जारी गरेको हो।
अदालतका अनुसार ३५ दिनभित्र अदालतमा उपस्थित हुनु पर्नेछ।
उपस्थित नभइ बसेमा मुलुकी फौजजारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पूर्जीमा उल्लेख गरिएको छ।
Facebook Comments Box