काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ ।
सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिएका छन् ।
मुख्यमन्त्रीका सचिवालयका १६ जनाको सोमबार पीसीआर परीक्षण गरिँदा मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा कोरोना संक्रमण देखिएको हो ।
पोखरेलका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।
मुख्यमन्त्री राईलाई कोरोना संक्रमण भएपछि भेटघाटलगायतका काम स्थगित गरिएको पोखरेलले जनाएका छन् ।
Facebook Comments Box