Author: admin

काठमाडौं । राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ । शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको बताए। अध्यक्ष लिङ्देनले वर्तमान धरातलीय यथार्थ मध्यनजर गर्दै पार्टीले यस्तो अवधारणा अघि सारेकोसमेत बताए। संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र सर्वधर्म समभाव,पूर्ण धार्मिक स्वतन्त्रता सहितको बैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनस्थापना, प्रदेशको खारेजी र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा प्रतिवद्ध रहेको अध्यक्ष लिङ्देनले बताए । केन्द्रीय कमिटी बैठकमार्फत राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न…

Read More

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र यादव र बाबुराम भट्टराई समेटेर समाजवादी केन्द्र बनाउने प्रयास भइरहेको बताएका छन् । शनिबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले समाजवादी केन्द्र बनाउँदा त्यसमा समेटिन उपेन्द्र यादवलाई पनि अप्ठेरो नहुने बताए । ‘उहाँहरु कोही पनि गठबन्धनबाट बाहिर जानुहुँदैन । गठबन्धनभित्र रहेका सबै वाम दलहरुसँग र वामदेवजीसँग राम्रो समझदारी बनाउनुपर्छ’, उनले भने, ‘ र, चुनावी खालको मोर्चा पनि हुनसक्छ । पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ । केही दिनभित्र हामी निष्कर्षमा पुग्छौं ।’

Read More

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् । आज पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका हुन् । उनले भने, ‘म इतिहासकारलाई अनुरोध गर्दछु । शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू । जातको होइन राष्ट्रको सहिद हुन्छ। जो पहिलो मारियो उही पहिलो शहीद हो ।’ पुष्पलालले किंवदन्तीबाट नेपालको वास्तविकता देखाएको उल्लेख गर्दै ओलीले अहिले पनि इतिहासलाई किंवदन्तीबाट यथार्थमा ल्याउनु पर्ने बताए ।

Read More

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र वामपन्थीहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन् । आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले अहिले गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका सबैसँग कुराकानी भइरहेको बताए । उनले भने, ‘गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै समूहसँग कुरा भइरहेको छ । त्यसमा माधवजी (माधव नेपाल), उपेन्द्रजी (उपेन्द्र यादव), बाबुरामजी (बाबुराम भट्टराई) हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी (वामदेव गौतम) पनि मिसिनुभएको छ । हामीले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनाउनुपर्छ र सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुन सक्छ, भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समिति पनि हुन सक्छ भनेर छलफल अघि…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक पारित गर्ने प्रक्रियामा असहमति जनाएका छन् । प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको भोलिपल्ट नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । ‘संविधान जारी भएको ७ वर्षपछि नागरिकता विधेयक पारित भएको छ । यो ऐनको रूपमा अघि बढेपछि नेपाली नागरिक बाबु आमाका सन्तानहरूले संविधान अनुसार नागरिकताको प्रमाणपत्र प्राप्त गरी नागरिकताबिहीन हुनुको पिडाबाट मुक्ति पाउनेछन् । यो व्यवस्था छिट्टै हुनु पर्थ्यो । अब हुने भएको छ। यो सकारात्मक छ । तर यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो  र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट गलत छ ।’…

Read More

काठमाडौं । नागरिकतासम्बन्धी विवादास्पद विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रबार दिनभरको छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि नेपालमा लगातार ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । तर, अहिले त्यो प्रावधान हटाइएको छ । सो प्रावधान हटाएपछि अब विदेशी दुलहीले नेपालमा तत्काल नागरिकता पाउने अवस्था देखिएको छ । राजनीतिक स्वार्थका कारण प्रतिनिधि सभामा छलफल हुँदै सहमति नजुट्दा संसदमा नै अड्किएको नागरिकतासम्बन्धी विधेयक सरकारले राजनीतिक स्वार्थ पुरा गर्न फिर्ता गरी पुन संसद्मा दर्ता गरेको थियो । यो…

Read More

काठमाडौं । श्रीलंकामा  सरकार विरोधी प्रदर्शन जारी छ । सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन्  । दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् । पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको शपथ लिएका थिए । ६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन् । उनले प्रदर्शनकारी…

Read More

काठमाडौं। नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।  गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधि सभामा गरेका थिए। त्यसअघि नागरिकता विधेयकको दफाबार छलफलमा गृहमन्त्री बालकृष्ण खाणले सांसदले दर्ता गराएका मध्येबाट केही संशोधन सरकारले स्वीकार गर्ने जानकारी दिएका थिए। नागरिकता विधेयक संशोधनसहित प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ।

Read More

काठमाडौं । प्रदेश संरचना खारेज हुनुपर्ने लगाएतका माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने माग राख्दै राप्रपा नेपालका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दल भन्नेहरुले मुलुकमा ब्रह्मलुट मच्चाइराखेको र ठूला-ठूला भ्रष्टाचार लुकाइएको आरोप लगाए । मुलुक अस्तव्यस्त हुँदा पनि दलका नेताहरु चिर निन्द्रामा रहेको…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रुपमा स्थापित हुने दावी गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रुपमा स्थापित हुने दावी गरेका हुन् । उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने समेत बताए । प्रचण्डले माओवादी क्रान्ति मधेशबाटै सुरु भएको र अहिले मधेशमा माओवादीप्रतिको उत्साह पनि बढ्दै गएको तर्क गरे । उनले माओवादीका प्रवेश गर्नेलाई आवश्यक जिम्मेवारी दिने भन्दै सवै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

Read More