काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् ।
आज पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘म इतिहासकारलाई अनुरोध गर्दछु । शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू । जातको होइन राष्ट्रको सहिद हुन्छ। जो पहिलो मारियो उही पहिलो शहीद हो ।’
पुष्पलालले किंवदन्तीबाट नेपालको वास्तविकता देखाएको उल्लेख गर्दै ओलीले अहिले पनि इतिहासलाई किंवदन्तीबाट यथार्थमा ल्याउनु पर्ने बताए ।
Facebook Comments Box