काठमाडौं। नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधि सभामा गरेका थिए। त्यसअघि नागरिकता विधेयकको दफाबार छलफलमा गृहमन्त्री बालकृष्ण खाणले सांसदले दर्ता गराएका मध्येबाट केही संशोधन सरकारले स्वीकार गर्ने जानकारी दिएका थिए।
नागरिकता विधेयक संशोधनसहित प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ।
Facebook Comments Box