जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यसहित उपेन्द्र यादव र बाबुराम भट्टराई समेटेर समाजवादी केन्द्र बनाउने प्रयास भइरहेको बताएका छन् ।
शनिबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले समाजवादी केन्द्र बनाउँदा त्यसमा समेटिन उपेन्द्र यादवलाई पनि अप्ठेरो नहुने बताए ।
‘उहाँहरु कोही पनि गठबन्धनबाट बाहिर जानुहुँदैन । गठबन्धनभित्र रहेका सबै वाम दलहरुसँग र वामदेवजीसँग राम्रो समझदारी बनाउनुपर्छ’, उनले भने, ‘ र, चुनावी खालको मोर्चा पनि हुनसक्छ । पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ । केही दिनभित्र हामी निष्कर्षमा पुग्छौं ।’
Facebook Comments Box