काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रुपमा स्थापित हुने दावी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रुपमा स्थापित हुने दावी गरेका हुन् ।
उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने समेत बताए ।
प्रचण्डले माओवादी क्रान्ति मधेशबाटै सुरु भएको र अहिले मधेशमा माओवादीप्रतिको उत्साह पनि बढ्दै गएको तर्क गरे । उनले माओवादीका प्रवेश गर्नेलाई आवश्यक जिम्मेवारी दिने भन्दै सवै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
Facebook Comments Box