Author: admin
काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो । बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो । राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरीका अनुसार नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ । नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ । कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन् । नेकपा एकीकृत…
काठमाडौं । राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले जस्ताको त्यस्तै पारित गरेको हो । विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको छ। समितिले केहीबेरअघिदेखि जबरासँग बयान लिइरहेको छ। बयानका क्रममा पत्रकारहरुलाई भने बाहिर निकालिएको छ। समितिका यसअघिका बैठकमा पत्रकारलाई भित्रै बस्न दिने गरिएको भएपनि आज भने बाहिर निकालिएको हो। जबराविरुद्ध सत्तागठबन्धनका ९८ सांसदले विभिन्न आरोप लगाउँदै गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गराएका थिए। समितिले चोलेन्द्रलाई सोध्नकालागि भनेर ६० भन्दा बढी प्रश्न तयार राखेको समितिका एक सदस्यले खबरमञ्चलाई जानकारी दिए।
काठमाडौं। सरकारले आयात प्रतिबन्धलाई असोज २८ गतेसम्म कायमै राख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धलाई असोज २८ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो। त्यसमा मदिराको प्रतिबन्धलाई निरन्तरता दिइएको छ। प्रतिबन्ध लगाइएका वस्तुहरुमा भने संशोधन गरिएको छ। कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरुको प्रतिबन्ध भने सरकारले खुलाएको छ। चुरोटको र हिराको आयात पनि खुलाइएको छ। स्मार्टफोन, गाडी र मोटरसाइलकको आयात प्रतिबन्धलाई समेत निरन्तरता दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। त्यस्तै, सरकारले तास र खेलौनाको प्रतिबन्ध पनि हटाएको छ।
काठमाडौं। महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ। सत्तापक्षका ९८ सांसदले फागुन १ गते जबरमाथि विभिन्न आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयानका लागि सिंहदरबार पुगेका छन्। महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएअनुरुप जबरा बयानका लागि पुगेका हुन्। समितिमा बयानका लागि लैजानुअघि यतिबेला उनलाई महासचिव भरतराज शर्माको कक्षमा राखिएको छ। जबराविरुद्ध सत्तापक्षका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। जुन प्रस्तावमाथि छलफल गर्न फागुन २२ गते सिफारिस समिति बनेको थियो। तर समिति बनेको ६ महिनापछि मात्र प्रस्ताव समितिमा पठाइएकाे थियो। आज बयान दिएपछि समितिले उनले दिएको बयान र प्राप्त अन्य प्रमाणका आधारमा प्रतिवेदन तयार पार्नेछ। महाभियोग संसदको दुईतिहाईबाट पारित हुनुपर्छ। नभए जबरा पुनः काममा फर्कने बाटो खुला हुनेछ।
झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाह्रदशी-१ बस्ने ८० वर्षीय देबीबहादुर अधिकारीलाई मनकामना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनबाट सेवा दिन सुरु गरेको छ । मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् । चार्जिङ स्टेसनबाट एकै पटक तीन वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ भने एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । देशका विभिन्न ५१ वटा ठाउँमा पनि चार्जिङ स्टेशन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मुलुका बिभिन्न राजमार्गका साथै मुख्य बसपार्क र अन्य आवश्यक देखिएका स्थानमा समेत चार्जिङ स्टेशन थप गर्दै लैजाने योजना रहेको छ ।
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकले भदौ २४ गतेदेखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३ औं बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति प्रदान गरेको छ भने जि टु जी प्रावधान अन्तर्गत भारत सरकारसंग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम मल खरिद गर्न समझदारीको…
झापा । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का १८ बर्षीय छोरा सामुएल भुजेलको नदीले बगाएर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीले बगाएर बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा आज बिहान पौने ९ बजे बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा उनी भेटिएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।