काठमाडौं । राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएको छ ।
बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले जस्ताको त्यस्तै पारित गरेको हो ।
विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् ।
पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।
Facebook Comments Box