झापा । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का १८ बर्षीय छोरा सामुएल भुजेलको नदीले बगाएर मृत्यु भएको छ ।
हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नदीले बगाएर बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा आज बिहान पौने ९ बजे बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा उनी भेटिएका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box