निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको छ।
समितिले केहीबेरअघिदेखि जबरासँग बयान लिइरहेको छ। बयानका क्रममा पत्रकारहरुलाई भने बाहिर निकालिएको छ। समितिका यसअघिका बैठकमा पत्रकारलाई भित्रै बस्न दिने गरिएको भएपनि आज भने बाहिर निकालिएको हो।
जबराविरुद्ध सत्तागठबन्धनका ९८ सांसदले विभिन्न आरोप लगाउँदै गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
समितिले चोलेन्द्रलाई सोध्नकालागि भनेर ६० भन्दा बढी प्रश्न तयार राखेको समितिका एक सदस्यले खबरमञ्चलाई जानकारी दिए।
Facebook Comments Box