काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयानका लागि सिंहदरबार पुगेका छन्।
महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएअनुरुप जबरा बयानका लागि पुगेका हुन्। समितिमा बयानका लागि लैजानुअघि यतिबेला उनलाई महासचिव भरतराज शर्माको कक्षमा राखिएको छ।
जबराविरुद्ध सत्तापक्षका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
जुन प्रस्तावमाथि छलफल गर्न फागुन २२ गते सिफारिस समिति बनेको थियो। तर समिति बनेको ६ महिनापछि मात्र प्रस्ताव समितिमा पठाइएकाे थियो।
आज बयान दिएपछि समितिले उनले दिएको बयान र प्राप्त अन्य प्रमाणका आधारमा प्रतिवेदन तयार पार्नेछ।
महाभियोग संसदको दुईतिहाईबाट पारित हुनुपर्छ। नभए जबरा पुनः काममा फर्कने बाटो खुला हुनेछ।
Facebook Comments Box