Author: admin

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनोनयन दर्तापछि संसद्को आयु सकिने बताएका छन् । मंगलबार धनगढीमा पत्रकारहरूसंग कुरा गर्दै प्रचण्डले संसदको आयु नलम्बिने बताएका हुन् । उनले प्राविधिक कारणले प्रमुख सचेतकहरूले संसद्काे आयु लम्ब्याउने साेचे पनि त्यो नहुने उनले बताए । सरकारले संसद्को आयु बढाउन फास्टट्रयाकबाट विधेयक ल्याउन थालेपछि चौतर्फी विरोध भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले संसद्को गरिमा नरहने भन्दै राजीनामा दिएका थिए ।

Read More

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल असोज १ गतेसम्म मात्र रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने गरी संघीय संसदमा विधेयक पेस गरेपछि आयोगले निर्वाचन मिति घोषणा भइसकेको र उम्मेदवारको मनोनयन दर्ताका लागिसमेत तयारी भइसकेको अवस्थामा मनोनयन दर्ताको अघिल्लो दिन नै कार्यकाल सकिने स्पष्ट पारेको हो । आयोगले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्न २ र ३ असोजको मिति तोकेको छ । सो मितिको अघिल्लो दिन अर्थात् १ असोजसम्म मात्रै वर्तमान प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल कायम हुने आयोगको दाबी छ…

Read More

काठमाडाैं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने संभावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ । विभागका अनुसार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीका साथै प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र…

Read More

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दैछन् । भारतीय स्थल सेनाध्यक्ष पाण्डेले दिउँसो ३ बजे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसअघि मंगलबार बिहान उनले माउन्टेन फ्लाइट गरेका छन् भने शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको छ । साँझ उनी पशुपतिनाथको दर्शनमा जानेछन् । भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् । भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण…

Read More

विर्तामोड। झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट ४ जना सिफारिस भएका छन्। एमाले क्षेत्र नं २ को क्षेत्रीय कमिटीको आज बसेको बैठकले चारजनाको नाम सिफारिस गरेको हो। सिफारिस हुनेमा पूर्वमन्त्री अग्नी खरेल, प्रदेश१ इन्चार्ज देवराज घिमिरे, वर्तमान प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल र विर्तामोडका निवर्तमान मेयर ध्रवकुमार शिवाकोटी रहेका छन्। झापामा अन्य क्षेत्रका तुलनामा एमालेलाई यो क्षेत्रमा उम्मेदवार टुङ्ग्याउन निकै कठिन हुने देखिएको छ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बसपार्क वरपर निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ । सोमबार महानगरको टोलीले सडक फुटपाथ मिचेर नक्सा बिपरित बनाएका संरचना हटाएको हो । सो क्रममा महानगरले सडक व्यापार समेत अटाएको छ । जथाभाबी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचनाले अस्तव्यस्त भएको भन्दै महानगर एक्सनमा उत्रेको हो । यसअघि महानगरले आइतबार काठमाडौंको कोटेश्वरमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

Read More

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं। ५ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय कमिटीको सोमबार दमकमा बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको हो। ओलीयसअघि पनि झापा ५ बाटै निर्वाचित भएका थिए। एमालेले ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ।

Read More

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट गर्न बैठक बस्न लागेको हो । यसअघिको बैठकमा सिट बाँडफाँटमा सहमती हुन नसक्दा बैठक विना निष्कर्ष टुंगिएको थियो । बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको नेताहरुले बताइरहेका छन् । गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनले…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ। एकीकृत समाजवादीको भदौ १ को सचिवालय बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको भए पनि नेकपा एसभित्रै एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएका कारण रोकिएको हो। निर्वाचन केन्द्रीत गरेर पार्टी एकता गर्ने निर्णयले पार्टीभित्र रहेका नेता कार्यकर्ता जोगाउन कठिन भएको भन्दै तल्लो तहका नेता कार्यकर्ताहरूले तीव्र असन्तुष्टि जनाएपछि एसकाा शीर्ष नेताहरूले यसलाई तत्काले कार्यान्वयनमा नलैजाने भएका हुन्। ‘हामीले निर्वाचनपछि मात्रै एकता हुनसक्ने गरी एकता संयोजन समिति बनाएका हाैं, तर त्यतिबेलासम्मको…

Read More

झापा । निजामती सेवा दिवस २०७९ को अवसरमा कर्मचारीहरूबीचको मेन्स् डबल ब्याडमिन्टन प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । मेची रंगशाला भद्रपुरको कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो । कर्मचारी मिलन केन्द्र भद्रपुरका सदस्यहरूबीच मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । आइतबारको प्रतियोगितामा राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडको जोडी र नेपाल विद्युत प्राधिकरण अनारमनीको जोडीबीच भएको प्रतिष्पर्धामा बाणिज्य बैंकको जोडी विजयी भएको थियो । बाणिज्य बैंकबाट प्रमोद ओझा र खगेन्द्र कन्दङ्वाको जोडी तथा विद्युत प्राधिकरणबाट प्रकाश विक र नवीनकुमार यादवको जोडी प्रतिष्पर्धामा भिडेका थिए । बाणिज्य बैंकको जोडीले प्राधिकरणको जोडीलाई २१-१५, २४-२२ को सोझो सेटमा पराजित गर्यो । अर्को प्रतिष्पर्धामा नेपाल…

Read More