झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं। ५ बाट सर्वसम्मत सिफारिस भएका छन्।
क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय कमिटीको सोमबार दमकमा बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको हो।
ओलीयसअघि पनि झापा ५ बाटै निर्वाचित भएका थिए। एमालेले ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ।
Facebook Comments Box