काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बसपार्क वरपर निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।
सोमबार महानगरको टोलीले सडक फुटपाथ मिचेर नक्सा बिपरित बनाएका संरचना हटाएको हो ।
सो क्रममा महानगरले सडक व्यापार समेत अटाएको छ ।
जथाभाबी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचनाले अस्तव्यस्त भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।
यसअघि महानगरले आइतबार काठमाडौंको कोटेश्वरमा रहेका अनधिकृत संरचना हटाएको थियो ।
Facebook Comments Box