धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनोनयन दर्तापछि संसद्को आयु सकिने बताएका छन् ।
मंगलबार धनगढीमा पत्रकारहरूसंग कुरा गर्दै प्रचण्डले संसदको आयु नलम्बिने बताएका हुन् ।
उनले प्राविधिक कारणले प्रमुख सचेतकहरूले संसद्काे आयु लम्ब्याउने साेचे पनि त्यो नहुने उनले बताए ।
सरकारले संसद्को आयु बढाउन फास्टट्रयाकबाट विधेयक ल्याउन थालेपछि चौतर्फी विरोध भएको थियो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले संसद्को गरिमा नरहने भन्दै राजीनामा दिएका थिए ।
Facebook Comments Box