विर्तामोड। झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट ४ जना सिफारिस भएका छन्।
एमाले क्षेत्र नं २ को क्षेत्रीय कमिटीको आज बसेको बैठकले चारजनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेमा पूर्वमन्त्री अग्नी खरेल, प्रदेश१ इन्चार्ज देवराज घिमिरे, वर्तमान प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल र विर्तामोडका निवर्तमान मेयर ध्रवकुमार शिवाकोटी रहेका छन्।
झापामा अन्य क्षेत्रका तुलनामा एमालेलाई यो क्षेत्रमा उम्मेदवार टुङ्ग्याउन निकै कठिन हुने देखिएको छ।
Facebook Comments Box