काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट गर्न बैठक बस्न लागेको हो ।
यसअघिको बैठकमा सिट बाँडफाँटमा सहमती हुन नसक्दा बैठक विना निष्कर्ष टुंगिएको थियो ।
बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको नेताहरुले बताइरहेका छन् ।
गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनले बताएका छन् ।
आज पनि दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ ।
Facebook Comments Box