Author: admin

काठमाडौं । नेकपा एमालेले कोही पनि पदाधिकारीलाई समानुपातिकतर्फ उम्मेदवारको सूचीमा पारेको छैन । उम्मेदवार चयन गर्न पार्टीले बनाएको मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिकमा नपरेका हुन् । एमालेले यसअघि समानुपातिक पद्धतिबाट अवसर पाएका, स्थानीय तह र राष्ट्रियसभाको उम्मेदवार बनेकालाई समानुपातिकतर्फ नराख्ने मापदण्ड बनाएको थियो । त्यही मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिक उम्मेदवारको सूचीमा नपरेका हुन् । १९ मध्ये १५ पदाधिकारी प्रत्यक्षतर्फ सिफारिस भएका छन् । तर उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमाल प्रत्यक्ष सिफारिस भएका छैनन् ।

Read More

झापा । बिर्तामोड बैंकर्स क्लबले आयोजना गरेको फुटसल प्रतियोगितामा एनआइसी एसिया बैंक विजयी भएको छ । ‍ बिर्तामोडको एबसोल्युट फुटसलमा आयोजित प्रतियोगितामा सनराइज बैंकलाई २–० गोल अन्तरले हराउँदै एनआसी एसिया बैंक विजयी भएको हो । दसैंलगायत चाडको शुभकामना आदानप्रदान तथा संविधान दिवसको अवसर पारेर अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन एक्सेल डेभेलप्मेन्ट बैंकका सिइओ डा. इन्द्रकुमार कट्टेलले गरेका थिए । उक्त प्रतियोगितामा सबभन्दा बढी गोल सिद्धार्थ बैंकका रोशन श्रेष्ठले गरेका थिए । उनले नौ गोल गरेका हुन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर सनराइज बैंकका सागर कार्की घोषित भए भने उत्कष्ट खेलाडी एनआइसी एसिया बैंकका सबर श्रेष्ठ घोषित…

Read More

झापा । झापाको बिर्तामोडमा १२ वर्षअघि स्थापना भएको पाथीभरा इन्जिनियरिङ कलेजले पूर्वाञ्चल विश्वविधालयबाट सम्बन्धन प्राप्त गरेको छ । सम्बन्धन पाएसँगै दशैंतिहारको बिचबाट भर्ना खुला गर्ने कलेज प्रशासनले जनाएको छ । आठ वर्षअघि इन्जिनियरिङ काउन्सिलबाट सञ्चालन अनुमति पाएको सो कलेजले १२ वर्षको अन्तरालमा ठूलो क्षति व्यहोर्नु परेको छ । कलेजका सञ्चालक युवराज प्रसाईले करोडौं लगानी गरेर बसेको वर्षौपछि सम्बन्धन पाएको र अब चाँडैं पठनपाठन शुरु गर्ने बताए । उनले १२ बर्षपछि खोलो फर्किएको प्रतिक्रिया दिए । उनले १२ वर्षमा कलेजभित्रका धेरै सामग्रीमा समेत क्षति भएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली भदौमा झापा आएका बेला कलेजको स्थलगत अवलोकनमा पुगेका थिए…

Read More

काठमाडौँ । ३ असोज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बित्यो । २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ तर नागरिकका तमाम खाले समस्या समाधान हुन सकेको छैन भने विकास र समृद्धिप्रतिको आशा र अपेक्षामा पनि सुधार आउन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकले दुःख पाउने क्रम घटेको छैन । संविधानमा नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । तिनको कार्यान्वयन तीन वर्षभित्र कानुन बनाएर गरिने उल्लेख छ । निश्चित समय सीमाभित्र कानुन बनाई सक्नुपर्ने…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।  दिवसका अवरमा आज दिएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गरेकी छन् । “नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय…

Read More

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको छ। व्यक्तिगत सुरक्षा अधिकारी पीएसओ र स्कर्टिङमा खटिने सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको हो। पीएसओ र स्टकर्टिङमा गरी राणाको सुरक्षाका लागि ८ जना सुरक्षाकर्मी परिचालित थिए। सबैलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो। गत फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा रहेका राणाले प्रतिनिधि सभाको कार्याकाल सकिएपछि आइतबार सर्वोच्च जाने प्रयास गरेका थिए। तर, उनलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीले आइतबार सर्वोच्चको मूल प्रवेशद्वारमै प्रदर्शन गरेका थिए।

Read More

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ । बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको सचिवालय बैठकले नामावली टुंगो लगाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । संवैधानिक प्रावधानबमोजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको हो । प्रतिनिधसभाका लागि छानिएका ११० जनामध्ये ५७ जना महिला समेटिएको गुरुङले जानकारी दिए । एमालेले भोलि निर्वाचन आयोगलाई सूची बुझाउने बताएको छ।

Read More

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदको कार्यकाल सकिएलगतै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको बताएका छन् । आइतबार भक्तपुरको बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले अध्यक्ष ओलीले संसद्को कार्यकाल समाप्त भएको र त्यसअघि महाभियोग पारित नभएकाले जबराले सफाइ पाइसकेको बताएका हुन्। सत्ता पक्षले आफैले महाभियोगमा ढिलाई गरेर र समयमा प्रक्रिया अघि नबढाएर सफाइ दिएको उनको भनाइ छ । ओलीले जबराको निवास घेराउ गरेर तमासा देखाएको टिप्पणी गरे । उनले संविधान–कानून नमान्ने र जंगली राज चलाउने परिपाटीले प्रजातन्त्र नै नरहने जिकिर गरे। ओलीले महाभियोग प्रस्तावमा सत्तापक्ष आफ्नो षड्यन्त्रको खाल्टोमा परेको तर्क गरे ।

Read More

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समानुपातिक सूची टुंग्याउने बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ। बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्ने बताइएको छ। शनिबार साँझ पनि समानुपातिक उम्मेदवारको सूची तयार पार्न सचिवालय बैठक बसेको थियो। शनिबार बाँकी रहेका नाममा आइतबार फेरि छलफल गरेर टुंगो लगाउनेगरी बैठक बोलाइएको हो।

Read More

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ। चोलेन्द्रको नीजि निवासमा आयोगको टोली भेट्न पुगेको हो। सरकारले जबरालाई ‘नजरबन्द’मा राखेपिछ मानवअधिकार आयोगको टोली उनको अवस्था बुझ्न निवासमा पुगेको हो ।

Read More