काठमाडौं । नेकपा एमालेले कोही पनि पदाधिकारीलाई समानुपातिकतर्फ उम्मेदवारको सूचीमा पारेको छैन । उम्मेदवार चयन गर्न पार्टीले बनाएको मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिकमा नपरेका हुन् ।
एमालेले यसअघि समानुपातिक पद्धतिबाट अवसर पाएका, स्थानीय तह र राष्ट्रियसभाको उम्मेदवार बनेकालाई समानुपातिकतर्फ नराख्ने मापदण्ड बनाएको थियो । त्यही मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिक उम्मेदवारको सूचीमा नपरेका हुन् ।
१९ मध्ये १५ पदाधिकारी प्रत्यक्षतर्फ सिफारिस भएका छन् । तर उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमाल प्रत्यक्ष सिफारिस भएका छैनन् ।
Facebook Comments Box