काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ ।
बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको सचिवालय बैठकले नामावली टुंगो लगाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
संवैधानिक प्रावधानबमोजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको हो । प्रतिनिधसभाका लागि छानिएका ११० जनामध्ये ५७ जना महिला समेटिएको गुरुङले जानकारी दिए ।
एमालेले भोलि निर्वाचन आयोगलाई सूची बुझाउने बताएको छ।
Facebook Comments Box