काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको छ।
व्यक्तिगत सुरक्षा अधिकारी पीएसओ र स्कर्टिङमा खटिने सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको हो।
पीएसओ र स्टकर्टिङमा गरी राणाको सुरक्षाका लागि ८ जना सुरक्षाकर्मी परिचालित थिए। सबैलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो।
गत फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा रहेका राणाले प्रतिनिधि सभाको कार्याकाल सकिएपछि आइतबार सर्वोच्च जाने प्रयास गरेका थिए। तर, उनलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीले आइतबार सर्वोच्चको मूल प्रवेशद्वारमै प्रदर्शन गरेका थिए।
Facebook Comments Box