काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समानुपातिक सूची टुंग्याउने बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ।
बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्ने बताइएको छ।
शनिबार साँझ पनि समानुपातिक उम्मेदवारको सूची तयार पार्न सचिवालय बैठक बसेको थियो। शनिबार बाँकी रहेका नाममा आइतबार फेरि छलफल गरेर टुंगो लगाउनेगरी बैठक बोलाइएको हो।
Facebook Comments Box