Author: admin
काठमाडौं । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य नघट्ने स्पष्ट पारेको हो। निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ। लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ। भारतबाट सोमबार…
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दल आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकले अगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले भने गत २२ असारमा नै २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गठबन्धन आबद्ध दलबीच बनेको जानकारी दिए । ‘४ मंसिरमा निर्वाचन गर्ने सहमति भएको छ, अब मन्त्रिपरिषद् बैठकले मिति तोक्छ,’ बैठकपछि कांग्रेस वरिष्ठ…
झापा । प्रतिनिधि सभाको चुनावमा आफू झापा क्षेत्र नं ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरेका छन् । आफ्ना देवी देउता तथा भगवान त्यही क्षेत्रमा रहेकाले राप्रपा अध्यक्ष लिङ्देनले झापा क्षेत्र नं ३ बाटै चुनाव लड्ने घोषणा गरेका हुन् । बुधबार झापाको बिर्तामोडमा झापाका पत्रकारहरूसंग अन्तर्क्रियामा लिङ्देनले अन्य क्षेत्रबाट चुनाव लड्ने विषयमा प्रश्न नउठ्ने बताए । उनले भने, ‘मेरा देवी/देउता र भगवान त्यही छन् । झापा क्षेत्र नं ३ बाट अन्य क्षेत्रमा जाने प्रश्नै उठ्दैन। म त्यहीँबाट चुनाव लड्छु ।’ सरकारले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मिति तोक्न लाग्दा उहाँले आफ्नो निर्वाचन क्षेत्र…
झापा । झापाको गौरदह नगरपालिका–९ स्थित कमलखोलामा मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्ज्वल खरेलको शव सशस्त्र प्रहरीले फेलापारी खोलाबाट बाहिर निकालेको छ । कमल गाउँपालिका–१ बस्ने खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासी बेपत्ता भएका थिए । सशस्त्र प्रहरीले बुधबार बिहान सोही ठाउँमा करिब २० फिट गहिरो पानीमुनि उनको शव फेला पारेको जनाएको छ ।
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलेको छ । १८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकेा छ । बुधबारबाट कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन खुलेको हो । कुल सार्वजनिक निष्कासन गर्ने सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोसी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
उदयपुर । सप्तकोसी नदीको बाँध फुटेर नदीको बहाव मानव बस्तीमा पसेको छ । बाढीले बाँध फुटाएर उदयपुरको बेलका नगरपालिका सप्तकोशीको बाढी बस्तीमा पसेको हो । नदी बस्तीमा पसेछि सयौँ घर जोखिममा परेका छन् । मंगलबार दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको हो । बाढीले कम्तीमा २ हजार घर बिस्थापित हुने अवस्थामा छन् । बेलका नगरपालिका वडा नम्बर २ र ३ का सैयौँ बस्ती जोखिममा परेका छन् ।
सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि सतर्क रहन आग्रह गरिएको छ । तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो । पानीको बहाव बढेपछि नदी छेउका हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो। सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारमा मंगलबार मन्त्री र सचिवहरुसंगको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री देउवाले सरकारका कामहरुलाई प्रभावकारी बनाउदै जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले मुलुकको हितलाई सर्वोपरि हितमा राखि जनताको आकांक्षालाई पुरा गर्नका लागि काम गर्न निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै मुलुक चूनावको चरणमा प्रवेश गरकोले त्यहि अनुसारको तयारीका साथ अघि बढ्न समेत निर्देशन दिनुभएको प्रवक्ता कार्कीले बताए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी सरकारको माग गरेका छन् । लिङ्देनले निर्वाचन घोषणापछि सरकार पनि विघटन गर्नुपर्ने माग गरेका हुन् । स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउनुपर्ने उनको भनाइ छ । मंगलबार उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरु निर्वाचन स्वतन्त्र, निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ ।’ सरकारलाई जनता र प्रजातन्त्रमा विश्वास भएमा सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउने दिशामा अघि बढ्न लिङ्देनले आग्रह गरेका छन् ।