उदयपुर । सप्तकोसी नदीको बाँध फुटेर नदीको बहाव मानव बस्तीमा पसेको छ ।
बाढीले बाँध फुटाएर उदयपुरको बेलका नगरपालिका सप्तकोशीको बाढी बस्तीमा पसेको हो । नदी बस्तीमा पसेछि सयौँ घर जोखिममा परेका छन् ।
मंगलबार दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको हो ।
बाढीले कम्तीमा २ हजार घर बिस्थापित हुने अवस्थामा छन् ।
बेलका नगरपालिका वडा नम्बर २ र ३ का सैयौँ बस्ती जोखिममा परेका छन् ।
Facebook Comments Box