झापा । झापाको गौरदह नगरपालिका–९ स्थित कमलखोलामा मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्ज्वल खरेलको शव सशस्त्र प्रहरीले फेलापारी खोलाबाट बाहिर निकालेको छ ।
कमल गाउँपालिका–१ बस्ने खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासी बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीले बुधबार बिहान सोही ठाउँमा करिब २० फिट गहिरो पानीमुनि उनको शव फेला पारेको जनाएको छ ।
Facebook Comments Box