काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलेको छ । १८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकेा छ । बुधबारबाट कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन खुलेको हो ।
कुल सार्वजनिक निष्कासन गर्ने सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको छ ।
Facebook Comments Box