काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी सरकारको माग गरेका छन् ।
लिङ्देनले निर्वाचन घोषणापछि सरकार पनि विघटन गर्नुपर्ने माग गरेका हुन् ।
स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउनुपर्ने उनको भनाइ छ ।
मंगलबार उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरु निर्वाचन स्वतन्त्र, निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ ।’
सरकारलाई जनता र प्रजातन्त्रमा विश्वास भएमा सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउने दिशामा अघि बढ्न लिङ्देनले आग्रह गरेका छन् ।
Facebook Comments Box