Author: admin

काठमाण्डाैं ।   राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मले दैनिक रुपमा गर्ने खानपानको परीक्षण हुने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक खानपानको परीक्षण व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जानकारी कृषिमन्त्री हरिबोल गजुरेलले शुक्रबार राजधानीमा खाद्य महोत्सव उद्घाटनका अवसरमा दिएका हुन्। मन्त्री गजुरेलले राम्रो कामको सुरुवात मुलुककै राष्ट्रप्रमुखबाट गर्दा कार्यान्वयन पक्ष बलियो हुने तर्क गर्दै खानपानमा सुधार ल्याउन र स्थानीय पोषिलो खाद्यपदार्थ उपभोगमा प्रोत्साहन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको विहान र रातिको खानामा पदार्थ परीक्षण गरिने जानकारी दिए। ‘उहाँहरूको दैनिक प्रयोग गर्दै आउनुभएको खाद्यपदार्थ पोषिलो, स्वास्थ्यवद्र्धक र सन्तुलित छ वा छैन भनेर परीक्षण गर्ने व्यवस्था ल्याएका छौं,’ उनले भने। अन्नपूर्ण…

Read More

काठमाण्डाैं ।    उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बझाङ आउँदा उनले भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा गरिएको छ। उनलाई संघिय मामला तथा स्थानीय विकास मन्त्रालयमा जगेडामा रहने गरी सचिव स्तरीय निर्णयबाट सरूवा गरिएको जिल्ला विकास समिति स्रोतलाईलाई उद्धृत गर्दै आजको कान्तिपुरमा खबर छापिएको छ। आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको स्थानीय विकास अधिकारीको सरुवाले जिल्लाको विकास निर्माणको काम प्रभावित हुने भएको छ । असाढ ४ गते पार्टीको कामको सिलसिलामा मन्त्री थापा बझाङ आएका थिए । उनी आउFदा उनको स्वागतमा जिल्ला भरीबाट आएका नेता तथा कार्यकर्ता बास, खानपानको व्यवस्था नगरेको भन्दै…

Read More

काबुल आक्रमणमा मारिएका व्यक्तिका आफन्त सरकारको तुरुन्त कदम देखेर सरकारप्रति कृतज्ञ भए होला । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकको शव लिन पुगेका आफन्तले आजसम्म कुनै पनि सरकारले प्रवासी कामदारको मृत्युको विषयमा यति सक्रियताका साथ काम गरेको नपाएको भन्दै ओली सरकारलाई धन्यवाद पनि दिए ।तर के यतिकैमा सकियो त सरकारको दायित्व ? के बाकसमा बेरिएर आएकालाई सम्मान गर्दैमा एउटा अभिभावकको भूमिका निर्वाह भयो त ?

Read More

बिर्तामोड ।  गत सोमबार अफगानिस्तानको काबुलमा भएको तालेवानी बम आक्रमणमा परी ज्यान गुमाएका १३ जना नेपालीहरुको आत्माको चिर शान्तीको कामना गर्दै कनकाई एजुकेशन फाउण्डेसन बिर्तामोडमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विद्यार्थी एवम प्रसासनको संयुक्त आयोजनामा शुक्रबार बिहान भएको शोक सभामा मैनबत्ती बालेर मृतात्माको चिर शान्तीको कामना गरिएको थियो भने घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै प्राध्यापक एवम विद्यार्थीहरुले स्वदेशमै रोजगारीको व्यवस्था गरी विदेशमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सोच्ने बेला आएकोमा जोड दिएका थिए । शोक मन्तव्य राख्दै क्याम्पसका संस्थापक जयनारायण ढुँगानाले विद्यार्थीहरुले बिचमै पढाई छाडेर विदेशिनु दुखद भएको बताएका थिए। क्याम्पस…

Read More

भद्रपुर ।  झापा पृथ्वीनगर-१ का प्रशान्त शिवाकोटी एरिना टेलिभिजनद्रारा आयोजित पूर्वाञ्चलस्तरीय एकल गायन प्रतियोगिता  ‘स्कुल आइडल’को उत्कृष्ट १० मा पुग्न सफल भएका छन् । सर्वाधिक भोट सहित हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनी उत्कृष्ट १० मा पुगेका हुन् । सानैदेखि गायनमा रुची राख्ने उनी झापा बिर्तामोडमा भएको अडिसन राउन्डबाट छानिएका थिए । भद्रपुरको मोर्डन अंग्रेजी स्कुलमा कक्षा ९ मा अध्यनरत १५ बर्षिया प्रशान्त एउटा उत्कृष्ट गायकको रुपमा स्थापति हुन यो प्रतस्पिर्धामा सहभागी भएको बताउछन् । सुरिलो आवाजका धनि , प्रतिभाशाली प्रशान्तले धेरै भन्दा धेरै भोट गरि आफुलाई जिताउन सबैसँग अपिल गरेका छन् । उनले भने ,‘तपाईको एउटा भोटले मेरो प्रतिभाले निखारिने…

Read More

काठमाण्डौं ।  बेलायतले इयुबाट अलग्गिने भनी जनमत संग्रहमा बहुमत मतदान भएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरोनले राजीनामा दिएका छन् । क्यामरोनले बेलायत इयुमै रहनुपर्ने भनी प्रचारप्रसार गरेका थिए । “बेलायत इयुमै रहनुपर्छ भन्ने मेरो मान्यता रहिआएको थियो तर बेलायती जनताले प्रस्ट रूपमा विपरीत मत जाहेर गरेको स्थितिमा अब नेतृत्व परिवर्तन जरुरी देखिन्छ,” राष्ट्रलाई सम्बोधन गर्दै क्यामरोनले भने । बेलायत इयुमै रहने कि नरहने भनी हिजो गरिएको जनमत संग्रहमा ५२ प्रतिशत जनताले नरहने भनी मत जाहेर गरेका थिए । स्रोत : द गार्डियनबाट 

Read More

काठमाण्डौं ।  प्रधानमन्त्रीले भूकम्पपीडितका लागि एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता जनाउनुपर्ने कांग्रेसले अडान राखेपछि आजको संसद बैठक प्रधानमन्त्रीको सम्बोधन नभई स्थगित भएको छ। व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो। प्रमुख प्रतिपक्ष कांग्रेले भूकम्पपीडितलाई एकमुष्ट रकम दिनेबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो। तर प्रधानमन्त्रीले सो कुरा आफूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराउने बताएपछि कांग्रेस सांसदहरु प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिने निर्णयमा पुगे। अवरुद्ध हुने बुझेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक स्थगित गरिन्। कानुन मन्त्री अग्नि खरेलले भने कानुनसम्मत एकमुष्ट रकम दिन नमिल्ने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले भूकम्पपीडितबारे सम्बोधन गर्ने चासो नै नराखेको कांग्रेसका एक सांसदले टिप्पणी गरे।

Read More

काठमाडौं ।  कर्मा र सौगात मल्लको लुकामारी शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सुरजमान भण्डारीको निर्माणमा तयार भएको चलचित्रलाई श्रीराम दुवालले निर्देशन गरेका छन् । सौगात मल्ल, कर्मा, सुरबिना कार्की, विक्रम सिंह थारु, जेबी डिसी, रिश्ता बस्नेत, प्रभान भुसाल, वसन्त भट्ट, प्रकाश पौडेल, कृष्णभक्त महर्जनलगायतका कलाकारहरुको अभिनय रहेको छ । क्राइम कमेडीमा आधारित यो चलचित्रमा सौगात मल्लले मधेसीको भूमिका निभाएका छन् । चलचित्रको प्रिमियर बिहीबार पोखरामा गरिएको थियो । चलचित्र शुक्रबारदेखि देशभर प्रदर्शन हुने निमार्ण टोलीले जनाएको छ । भिडियाे ।  https://youtu.be/vE2uVWme43k

Read More

काठमाडौं । सरकारी कार्यालयको ट्वाइलेट गन्हाउँदा सेवा लिनै नसकिएको भन्दै सेवाग्राहीबाट हेलो सरकारमा व्यापक उजूरी परेको छ । ट्वाइलेटको गन्धले सरकारी कार्यालय छिर्नै सकिएन भन्दै दैनिक हेलो सरकारमा उजुरी बढिरहेको छ । गत हप्ता वन मन्त्रालय अन्तर्गतको कार्यालयमा पुगेका एकजना सेवाग्राहीले हेलो सरकारमा दर्ता गराएको उजुरीमा, ‘कर्मचारीलाई त शौचालयको दुर्गन्धमा काम गर्ने बानी परिसक्यो होला । सेवाग्राहीलाई सहज र सफा वातावरणमा सेवा उपलब्ध गराइयोस्’ लेखेका छन् । वन मन्त्रालयअन्तर्गतको हेलो सरकारमा जेठ महिनामा परेका उजुरीमध्ये अधिकांश कार्यालय फोहोर भएको र दुर्घन्धले सेवा लिन जानै नसक्ने स्थिति सिर्जना भएकोबारे छ । हेलो सरकारको केन्द्रीय इकाइमा पनि सरकारी कार्यालय र अस्पतालका शौचालय…

Read More