काठमाण्डौं । बेलायतले इयुबाट अलग्गिने भनी जनमत संग्रहमा बहुमत मतदान भएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरोनले राजीनामा दिएका छन् ।
क्यामरोनले बेलायत इयुमै रहनुपर्ने भनी प्रचारप्रसार गरेका थिए । “बेलायत इयुमै रहनुपर्छ भन्ने मेरो मान्यता रहिआएको थियो तर बेलायती जनताले प्रस्ट रूपमा विपरीत मत जाहेर गरेको स्थितिमा अब नेतृत्व परिवर्तन जरुरी देखिन्छ,” राष्ट्रलाई सम्बोधन गर्दै क्यामरोनले भने ।
बेलायत इयुमै रहने कि नरहने भनी हिजो गरिएको जनमत संग्रहमा ५२ प्रतिशत जनताले नरहने भनी मत जाहेर गरेका थिए ।
स्रोत : द गार्डियनबाट
Facebook Comments Box