(यहि २०७३ असार १८ गते हुन गइरहेको खरिदार पदको तृतीय पत्रको परिक्षाका लागि उपयोगि)
१. बसाइँ सराइ भनेको के हो ? नेपालमा बसइँ सराइका प्रमुख ४ कारण र सो समस्या निराकरण गर्न के के उपाय गर्नु पर्ला लेख्नुहोस् ?
उत्तर : बसाइँ सराइ
मानिसहरुले प्रायः बसोवास गर्दै आएको स्थान स्थायी वा अस्थायी रुपले परिवर्तन गरी एक प्रशासनिक वा भौगोलिक क्षेत्रबाट अर्को प्रशासनिक वा भौगोलिक क्षेत्रमा सर्नुलाई बसाइँ सराइ भनिन्छ ।
नेपालमा बसाइ सराइका प्रमुख ४ कारण
- रोजगारीको लागि
- सेवा सुविधा प्रप्तिका लागि
- अवसरको लागि
- कृषिको लागि /खेती योग्य जमिनको लागि
समस्या समाधानका उपायहरु
बसाइँ सराइले कुनै पनि ठाउँ वा क्षेत्रको जनसंख्यामा अकास्मात परिवर्तन ल्यायिदिन्छ । जसले सो ठाउँको आर्थिक, सामाजिक, मानव र राजनीतिक विकासमा असर गर्न सक्दछ । यो समस्या निकारणका लागि निम्न उपायहरु अपनाउनु पर्दछ :–
- सार्वजनिक सेवा सुविधा र रोजगारीको अवसर सवै क्षेत्रमा समानरुपले पुर्याउने ।
- वीकेन्द्रकरणको माध्यमबाट अधिकार निक्षेपण गरी विकासको गतिलाई जनताको नजिक पुर्याउने ।
- साधन स्रोत तथा अवसरहरुको समन्यायिक वितरण गर्ने ।
- बसाइँ सराइका मुख्य कारण पहिचान गरी सरकारका नीति तथा कार्यक्रम मार्पmत त्यस्ता कारणको सम्बोधन गर्ने ।
बसाइँ सराइ भन्नाले मानिसहरु एक ठाउँ उद्गम स्थानबाट अर्को ठाउँ गन्तब्य स्थानमा बसोवास गर्ने प्रक्रिया हो । बसाइँ सराइ विभिन्न कारणले गर्दा उत्पन्न हुन्छ । ती कारणको समयमै पहिचान गरी निराकरण गरेको खण्डमा यसले पर्ने प्रतिकुल प्रभावबाट राज्य जोगिने थियो ।
Facebook Comments Box