भद्रपुर । झापा पृथ्वीनगर-१ का प्रशान्त शिवाकोटी एरिना टेलिभिजनद्रारा आयोजित पूर्वाञ्चलस्तरीय एकल गायन प्रतियोगिता ‘स्कुल आइडल’को उत्कृष्ट १० मा पुग्न सफल भएका छन् । सर्वाधिक भोट सहित हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनी उत्कृष्ट १० मा पुगेका हुन् ।
सानैदेखि गायनमा रुची राख्ने उनी झापा बिर्तामोडमा भएको अडिसन राउन्डबाट छानिएका थिए । भद्रपुरको मोर्डन अंग्रेजी स्कुलमा कक्षा ९ मा अध्यनरत १५ बर्षिया प्रशान्त एउटा उत्कृष्ट गायकको रुपमा स्थापति हुन यो प्रतस्पिर्धामा सहभागी भएको बताउछन् ।
सुरिलो आवाजका धनि , प्रतिभाशाली प्रशान्तले धेरै भन्दा धेरै भोट गरि आफुलाई जिताउन सबैसँग अपिल गरेका छन् । उनले भने ,‘तपाईको एउटा भोटले मेरो प्रतिभाले निखारिने मोका पाउनेछ, म जित्न सक्छु , त्यसैले मलाई अत्याधिक भोट गरेर जिताउनु हुन अनुरोध गर्दछु ।’ उनलाई भोट गर्न SI <space> 03 टाइप गरी 34243 मा सेन्ड गर्न सकिनेछ ।
एउटा सिमबाट जति पटक पनि भोट गर्न सकिने भएकाले छोरालाई अत्याधिक भोटले विजयी गराउन प्रशान्तका बुवा कमल शिवाकोटीले सबैमा अनुरोध गरेका छन् । साे कार्यक्रम एरिना टिभीबाट प्रत्येक शुक्रबार र शनिबार राति ६ बजे देखी ७ बजे सम्म प्रसारण हुँदै अाएकाे छ ।