Author: admin
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पार्टी संसदीय दलको नेतामा चयन भएका छन्। एकीकृत समाजवादीको सोमबार बसेको संसदीय दलको बैकले नेपाललाई नेता चयन गर्ने निर्णय गरेको हो। नेपाललाई संसदीय दलको नेता चयनका लागि पार्टी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले प्रस्ताव राखेका थिए। नेपालकै प्रस्तावमा दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरिएको छ।
काठमाडौं। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ पुस ७ गते हुने भएको छ। मंसिर ४ को निर्वाचनबाट चुनिएर आएका प्रतिनिधिहरुलाई ज्येष्ठ सदस्यले ७ गते दिउँसो १ बजे शपथ गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ। शपथ कार्यक्रम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। २७५ जना निर्वाचित भएकाहरुमध्येका ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले ६ गते शपथ गराउनेछिन्। निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार लोसपाका महिन्द्रराय यादव सबैभन्दा ज्येष्ठ देखिन्छन् ८५ वर्ष। तर त्यो उनको नागरिकतामा संलग्न उमेर मात्र हो। यसअघि पनि उनले यही कारण देखाउँदै ज्येष्ठ सदस्यको शपथ लिएका थिएनन्। उनको सट्टा महन्थ ठाकुरले लिएका थिए। यसपटक यादवले…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ । आज (सोमबार) बसेको पार्टीको बैठकले सभापति लामिछानेलाई निर्विरोध दलको नेता चयन गरेको हो ।रास्वपाले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन गरेको छैन ।
काठमाडाैं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूको भेला बोलाएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला एमालेले आह्वान गरेको हो । मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागले जनाएको छ । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले संघीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका,पार्टी दोस्रो भए पनि पार्टीले खेल्नुपर्ने भूमिका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने जानकारी दिए । भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागी हुनेछ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ…
काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ । एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ । बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलबारे अध्यक्ष नेपालले जानकारीसमेत गराउने एक नेताले जानकारी दिए ।
काठमाडौं। कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन्। यस्तै पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्।
काठमाडौँ । विश्वकप २०२२ मा साबिक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो। अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । उनले सात दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनको आह्वान गरेकी हुन् । राष्ट्रपतिले दलहरुलाई पुस १० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको नाम पेस गर्न समय दिएकी छन् । धारा ७६ को उपधारा १ अनुसार कुनै दलको बहुमत नपुगेकाले उपधारा २ अनुसार मिलिजुली सरकार बनाउन राष्ट्रपतिबाट आह्वान भएको हो । उपधारा २ मा भनिएको छ( उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत…
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा आएको जनमतका आधारमा आफुहरु प्रतिपक्षमा बस्ने बताएका छन् । नेकपा (एमाले) पर्वत-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले एमालेलाई बहुमत प्राप्त नभएको र सिट संख्याको हिसावले दोश्रो पार्टी भएकाले प्रतिपक्षमा बस्ने र सरकारको काम गुण/दोषको हिसावले मूल्याङ्कन गर्ने बताए। पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको उनले बताए। उनले अहिले पनि समानुपातीकतर्फको मत हेर्दा एमाले नै ठूलो पार्टी बन्न सफल भएको दावी गरे । अब पार्टीलाई थप मजबुद बनाउदै एमाले कमजोर पार्न खोज्ने सवै षडयन्त्रलाइ चिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा गएको निर्वाचनमा…
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष पेश गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकी कुमारी तुलाधरको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।